क्रामाकपा बिजनबारी आञ्चालिक कमिटीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापन

IMG-20220901-WA0149.jpg

बिजनबारी: क्रामाकपा बिजनबारी आञ्चलिक समितिकाे पक्षबाट सम्बन्धित खण्ड विकास अधिकारीलाई नाै सुत्री मांग लिएर एउटा ज्ञापनपत्र पेश गरेका छन्।
ज्ञापनपत्रमा पहाडकाे शिक्षक नियुक्तिमा भएकाे भ्रष्टाचारको जाँच केन्द्रीय जाँच विभाग (सीबीआई.) र प्रचलन संचालकाय (ईडी) बाट गरियोस्, शिक्षामा पारदर्शिता हेतु राजनैतिक हस्तक्षेप राेक्नकाे निम्ति क्षेत्रीय पाठशाला परिषदमा विपक्षी राजनैतिक दलका शिक्षकहरुलाई पनि यसकाे सदस्य बनाउनुपर्छ भन्ने मांग गरिएको छ। त्यसरी नै युगाैंदेखि बन बस्ती, सिन्काेना बगान अनि चियाबारीमा बस्दै आएका बासिन्दा अनि श्रमिकहरुले कमाउदै ल्याएकाे घर घडेरी अर्थात आफ्नाे जमिनकाे मालिकना हक प्रदान गर्न पर्जापट्टा झट्टै प्रदान गरिनुपर्छ साथै पहाडकाे ७० प्रतिशत जनसाधरण ग्रामीण क्षेत्र (खशमल, बन बस्ती, चियाबारी र सिन्काेना बगान)- मा बस्छन्, उनीहरु गत १८ बर्षदेखि विभिन्न सहुलियत र अधिकारदखि वञ्चित छन्। उनीहरूलाई उचित सहुलियतकाे हक- अधिकार दिलाउन हाे भने यथाशीघ्र त्रिस्तरीय पंचायत चुनाव गराउनुपर्छ भनी मांग गरिएको छ।

जनसंख्या र भाैगाेलिक असुविधालाई ध्यानमा राख्दै ग्राम पंचायत र खण्ड विकास क्षेत्रहरुलाई विभक्त गरि यसकाे संख्या बडाउनुपर्छ अनि वर्तमान महात्मा गांधी राष्ट्रिय ग्रामीण राेजगार याेजना बन्द भएर यससम्बन्धी श्रमिकहरुले आर्थिक असुविधाहरु भाेक्न परिरहेछ। यसर्थ, उनीहरुको श्रमको दाम झट्टै पाउनुपर्छ अनि यश याेजनामाथि कुनै आर्थिक अनियमितता अथवा भ्रष्टाचार भए यसकाे सठिक न्यायिक जाँच हुनुपर्नेछ भन्ने पनि मांग गरिएको छ। क्रामाकपा बिजनबारी आञ्चलिक समितिद्वारा दिइएको ज्ञापनमा धुम भनज्याङ चेक पाेष्टदेखि लिएर बिजनबारीसम्मकाे मूल बाटाे बनिनमा किन बिलम्ब हुदैछ? उक्त बाटाे चाडैं बनिनपर्छ तथा एमआर सप राशनलाई मध्य नजर राख्दै एमआर साप डिलरले अहिलेघडी सही स्केलमा राशन वितरण गरेकाे छैन्। यसर्थ एमआर साप डिलरलाई पनि यस बिषयमाथि अवलोकन गरिदिया जावस भनी मांग गरिएको छ।

त्यसरी नै बनसल अधिनस्थ चियाबगान बन्द भएकाे यत्तिका दिन सम्म पनि श्रमिकहरुहरुकाे समस्याको समाधान हुन सकेको छैन्। यसर्थ, हजुरकाे पक्षबाट पनि केही प्रशासनिक पहल गरिदिया जावस भनी विनम्र अपिल गर्दछौं भनेका छन्। उक्त ज्ञापनपत्रमा कम सन्तबीर राई र कम प्रेम बानुकाे नेतृत्वमा सम्बन्धित अधिकारीलाई पेश गरियो भने क्रामकपा केन्द्रीय सदस्य मुन्ना तामाङ केन्द्रीय सदस्य शर्मिला मास्के महापरिषद सदस्य संगम राई महापरिषद सदस्य प्रेम तामाङ ट्रेड यूनियनबाट एम. एस. सुब्बा सल्लाहकार मदन तामाङ एवंम अन्य सदस्यहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement