झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

IMG-20250101-WA0581

भद्रपुर: कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ।
कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
आज मध्यान्ह दिपज्योति सामुदायिक वनमा उनीसहित स्थानीय १५-२० जना महिला दाउरा र घाँस काट्न गएका थिए। उनीहरुलाई एउटा जंगली हात्तीले लखेटेको प्रहरीले जनाएको छ। राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै उनी घाइते अवस्थामा भेटिएकी थिइन्। उनलाई साँझ ४ः४० बजे उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो। थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा साँझ ५ः१० बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement