सिविटार चियाबारीको बगान बाऊ जनक छेत्रीको बिदाई समारोह सम्पन्न

IMG-20250101-WA0568

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको बगान बाऊ जनक छेत्रीलाई अवकाशप्राप्त भएपछि बगानमा बिदाई दिइएको छ। जनक छेत्रीले सिविटार चियाबारीमा १ रुपियाँ ६० पैसा हाजिरा हुँदा भएदेखि नै सिविटार चियाबारीमा कार्य शुरु गरेको बताइएको छ। उनले छोकडादेखि कार्य गर्दै बगानको क्लरिकल हुँदै बगान बाऊसम्म‌ भएर अवकाशप्राप्त भएका छन्। उनको बिदाई समारोहमा बगानका श्रमिकहरु र बगानका स्टाफहरुद्वारा खदार्पणसहित बिदाई दिएका छन्। यस अवसरमा बोल्दै आफु श्रमिकदेखि स्टाफ र क्लरिकल साथै बगान बाऊसम्म‌ भएर अवकाशप्राप्त भएका जानकारी गराएका छन्‌‌। उनले सबैलाई धन्यवाद दिँदै श्रमिकहरुलाई‌ बगानमा सदैव समयमा नै आउने र अनुशासनको साथमा कार्य गर्ने आह्वान् गरेका छन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्बन्धित सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement