दुबई: भारतका पेस बलर जसप्रीत बुमराहले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-द्वारा बुधवार जारी ऱ्याङकिंगमा बलरहरूका सूचीमा ९०७ रेटिंग पोइण्ट्स हासिल गरी नयाँ भारतीय रेकर्ड बनाए। बुमराहले हालै सन्न्यास लिने स्पिन बलर रविचन्द्रन अश्विनलाई पछि छोड़े, जसले २०१६-मा ९०४ पोइण्ट्सको सर्वोच्च रेटिंग हासिल गरेका थिए। बुमराहले हालै अश्विनको बराबरी गरेका थिए अनि अष्ट्रेलियाविरुद्ध चौथो टेस्ट म्याचमा असाधारण प्रदर्शनको दममा उनी नयाँ भारतीय रेकर्ड बनाउन सफल रहे। बुमराह अहिले ९०७ रेटिंग पोइण्ट्सको साथ सर्वकालिक सूचीमा ईंग्ल्याण्डका डेरेक अण्डरवुडसँग संयुक्त रूपले १७औं स्थानमा रहेका छन्। बुमराहले बक्सिंग डे टेस्ट म्याचमा ९ विकेट हासिल गरेका थिए, जसले उनले बलरहरूका ऱ्याङकिंगमा आफ्नो शीर्ष स्थानलाई अझ दह्रिलो बनाएका छन्। बुमराहले उत्कृष्ट प्रदर्शन गरे पनि चौथो टेस्ट म्याचमा भारत पराजित भएको थियो।
अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले एमसीजी-मा आफ्नो ६ विकेटको सहायताले १५ रेटिंग पोइण्ट्स हासिल गरे। यसको साथ उनी बलरहरूका ऱ्याङकिंगमा एक स्थान अघि बढ़ेर तेस्रो स्थानमा पुगेका छन्। अष्ट्रेलियाले १८४ रनले जीत हासिल गरेको चौथो टेस्ट म्याचको दुईवटा ईनिंग्समा ९० महत्त्वपूर्ण रन बनाएपछि कमिन्स टेस्ट अलराउण्डरहरूका ऱ्याङकिंगमा पनि तेस्रो स्थानमा पुगेका छन्। बक्सिंग डे टेस्ट म्याचको दुवै ईनिंग्समा अर्द्धशतक बनाउने भारतीय ओपनर यशस्वी जयसवाल ८५४ पोइण्ट्सको साथ करियरको सर्वश्रेष्ठ चौथो स्थानमा पुगेका छन्। यसको साथमा चौथो टेस्ट म्याचको पहिलो ईनिंग्समा शतक बनाउने नीतिश कुमार रेड्डी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा २० स्थान अघि बढ़ेर ५३औं स्थानमा पुगेका छन्।