खरसाङ: श्री श्री जानकी माता नेपाली धार्मिक संघ कलकत्ताले आफ्नो भवनको विधिवत् उद्धाटन, कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेलको बाहुलीबाट गऱ्यो। यस ऐतिहासिक क्षणमा नायव महावाणिज्यदूत, भूतपूर्व विधायिका स्मिता बक्सी, जेआईएस युनिभर्सिटीका प्रमुख प्रा डा स्वदेश रञ्जन सामन्त, डा सैकत राय चौधरी, डोना ब्यानर्जी, रामकृष्ण पाल, पूर्ण विष्ट, प्रेम तामाङ, संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका सभापति बद्रीबिक्रम थापा, भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका महासचिव नरविक्रम थापा, श्री श्री जानकी माता नेपाली धार्मिक मञ्च महिला कल्याणकारी कोष कलकत्ताको उपाध्यक्ष बिन्दा श्रेष्ठ, उर्मिला पाण्डे, रमिता सिंह कार्की, कल्पना छेत्री, गायत्री खड्का, रूपा पाण्डे, हेमा श्रेष्ठ, देवी भुसाल, आशा छेत्री, पण्डित हेमराज सिक्देल, जानकी माता नेपाली धार्मिक संघका सभापति गुञ्जदास श्रेष्ठ, सदस्यहरू अनिल पाण्डे, दिलिप श्रेष्ठ, धनबहादुर भुषाल, हितबहादुर खड्का, जगत थापा, जगत श्रेष्ठ, राजु सुनार राजु पोखरेल आदिको गरिमामय उपस्थिति रहेको थियो। कलकत्ता थप्रै नेपाली सामाजिक संस्था भएता पनि आफ्नो भवन छैन। डनलपस्थित यस भवनमा बाहिरबाट चिकित्सा अथवा अन्य कारण आएका नेपालीहरूले यहॉं, सुलभ मूल्यमा बस्न पाउने, बनाएर खाने व्यावस्ता छ।

स्मरण रहोस् श्री श्री जानकी माता नेपाली धार्मिक कलकत्ताले आफ्नो स्थापनाकालदेखि नै कलकत्ता वरिपरि धेरै सामाजिक कार्यहरू गर्दै आइरहेछ। वैश्विक महामारीको समयमा मानिसहरू कोरोनाबाट आफूलाई बचाउन सबै घरभित्रै बसेको समय, यसका कार्यकर्ताहरूले आफ्नो ज्यान जोखिममा हाली, विपन्नहरूलाई राशिन, फुटपाथमा बसेकाहरूलाई खाद्यान्न र जरूरत मन्दलाई घर घरमै दवाई पुऱ्याउने काम गरे। यस बाहेक संघले धेरै वर्ष अघिदेखि वर्षेनी रक्तदान शिविर राख्ने गरेको छ। भाषा अनि साहित्यको उत्थानका निम्ति संघले वार्षिकहरूपमा साहित्यिक पत्रिका सम्झाना प्रकाशित गरिरहेको छ। यसको जानकारी जानकी माता नेपाली धार्मिक संघका सभापति गुञ्जदास श्रेष्ठले दिएका हुन्।










