जिम्बाब्वेले समाप्त गर्यो मृत्युदण्ड

court-symbol-copy

जिम्बाब्वेले मृत्युदण्डलाई समाप्त गर्ने ऐतिहासिक कदम चालेको छ, जुन देशमा विगत लगभग दुई दशकदेखि मृत्युदण्ड कार्यान्वयन गरिएको थिएन। सन् १९६० को दशकमा स्वतन्त्रता संग्रामको समयमा राष्ट्रपति एमर्सन मनांगाग्वाले आफैं एकपटक मृत्युदण्डको सामना गरेका थिए। संसदबाट विधेयक पारित भएपछि राष्ट्रपति मनांगाग्वाले यस हप्तामा नयाँ कानूनलाई अनुमोदन गरेका छन्। यस निर्णयले देशका करिब ६० जना मृत्युदण्डको प्रतिक्षामा रहेका कैदीहरूलाई राहत दिएको छ। जिम्बाब्वेले अन्तिमपटक सन् २००५ मा कसैलाई मृत्युदण्ड दिएको थियो। अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था ‘एमनेस्टी इन्टरनेशनल’ले मंगलबार मृत्युदण्ड उन्मूलनसम्बन्धी यस कानूनलाई क्षेत्रीय स्तरमा मृत्युदण्ड अन्त्य अभियानको लागि आशाको किरण भनेको छ। मानव अधिकार समूहका अनुसार अन्य अफ्रिकी देशहरू जस्तै केन्या, लाइबेरिया र घानाले पनि हालै मृत्युदण्ड समाप्त गर्ने दिशामा सकारात्मक कदम चालेका छन्। यद्यपि, यी देशहरूले अझै यसलाई कानूनको रूपमा लागू गरेका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement