आमाको मृत्‍युको खबर सुन्दा छोरी पनि अस्ताइन

IMG-20250101-WA0493

बझाङ: बझाङको थलारा–१ की ४५ वर्षीया पञ्चमालादेवी जोशी, जो विगत २० वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत थिइन। गएको शनिबार बजारबाट घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा लागेर ज्यान लियो। उक्त खबर धनगढीमा काम विशेषले गएकी उनकी २५ वर्षीया छोरी रोहिणीले थाहा पाउदा विक्षिप्त भइन्। शोकले बारम्बार मुर्छा पर्दा होस् गुमाएर ढलिन्। स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी आमा गुमाएको पीडा सहन नसक्दा उनी पनि अस्ताइन। पञ्चमालादेवीका श्रीमान् दुई हप्ता अगाडि मात्रै रोजगारीका लागि दुबई गएका थिए। तर, श्रीमती गुमाएको खबरले घर फर्किएका उनी अहिले छोरी पनि गुमाउनुको पीडामा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement