झापा: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५ वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। उनले ५ वर्ष संसदमात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि ५ वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेकोमा जोड दिए।
‘संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन,’ शर्माले भने, ‘हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब ५ वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो। अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन।’