‘अवलोकन’ पत्रिका भारतीय नेपाली कथा विशेषाङ्क अनिनारायण प्रधानको कथा सङ्ग्रह “नि:शब्द” को लोकार्पण

IMG-20220901-WA0140.jpg

खरसाङ: डुवर्स नेपाली साहित्य विकाश समितिको पत्रिका ‘अवलोकन’ यसपल्ट भारतीय नेपाली कथा विशेषाङ्कको रूपमा प्रकाशित भएको छ। यो विशेषाङ्कलाई सालबारीको गोम्देन टी-बारमा लोकार्पण गरियो। पत्रिकाका सम्पादक कवि-कथाकार अबीर खालिङ अनि डुवर्स नेपाली साहित्य विकाश समितिका सचिव एवं अवलोकन पत्रिकाका प्रकाशन-संयोजक रविन खसासको पहलमा यो सुन्दर कार्यक्रमको आयोजना गरिएको थियो। लोकार्पणमा पत्रिकाका सम्पादक अनि प्रकाशन-संयोजकसित सङ्ग़्रहमा कथा समाविष्ट बनेका कथाकारहरू क्रमश: नरबहादुर दाहाल, भविलाल लामिछाने, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, कालुसिंह रनपहेँली, मणिकुमार प्रधान, खडकराज गिरी अनि निरज थापा उपस्थित थिए भने साथमा साहित्यकारहरू जीतबहादुर सुनार, लीलबहादुर सुनार, हेमन्त काफ्ले, सुवास छेत्री, प्रकाशमणि प्रधान, पत्रकार शैलेन्द्र समदर्शी आदिको सहभागिता रहेको थियो। पत्रिकाको प्रकाशन अनि आयोजित कार्यक्रमबारे सम्पादक अनि प्रकाशन-संयोजक दुवैले कुराहरू राखे। उनीहरूले भने, कोरोना महामारीको कारणले यो विशेषाङ्क प्रकाशन कार्यमा धेरै बाधाहरू आइपरे तापनि अन्ततोगत्वा समय लागे तापनि यसरी आज यो पत्रिका पाठकमा पुर्याउन सकेकोमा डुवर्स साहित्य विकाश समिति सन्तोष बन्न सकेका कुरा बताए। यसको लोकार्पण सालबारीमा यसरी गर्न पाएकोमा उनीहरूले खुशी व्यक्त गरे। यस अवसरमा साहित्यकार नरबहादुर दाहाल लगायत कवि-कथाकार भविलाल लामिछाने, कवि-कथाकार मोहन ठकुरी, कवि-कथाकार ज्ञानेन्द्र खतिवडा अनि कथाकार-युग्मककार कालुसिंह रनपहेँलीले मन्तव्यहरू राखेका थिए। सबैले डुवर्स र सालबारीको सुमधुर आपसी सम्बन्धको उल्लेख गर्दै डुवर्स नेपाली साहित्य विकाश समितिले भारतीय नेपाली कथा विशेषाङ्कको रूपमा अवलोकन प्रकाशित गरेकोमा सराहना गर्दै हर्दिक बधाई र धन्यवाद चढाए। यसै अवसरमा डुवर्स नेपाली साहित्य विकाश समितिले हालै प्रकाशित गरेको कथाकार नारायन प्रधानको कथा सङ्ग्रह “नि:शब्द”-को पनि उपस्थित साहित्यकारहरूको बाहुलीबाट लोकार्पण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement