काठमाण्डू: नेपाली महिला फुटबल टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो।
फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गते( फरबरी १७-२६)सम्म हुनेछ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ।
यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको एन्फाले जनाएको छ।