सिलगढीमा तृणमूलको स्थापना दिवस मनाइयो

IMG-20250101-WA0475

सिलगढी: तृणमूलको फुलबारी नम्बर १ क्षेत्रीय समितिले बुधबार पार्टीको संस्थापक दिवस मनायो। तृणमूल कांग्रेस २८औं वर्षमा प्रवेश गरेको छ। पार्टीको स्थापना दिवस तथा नयाँ वर्षको अवसरमा फुलबारी नम्बर एक अञ्चलका तर्फबाट खाँचोमा परेकाहरुलाई मिठाई वितरण गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले यो पार्टीको स्थापना गरेको आदर्शलाई हामी पछ्याउँदै छौं,’ पार्टी कार्यकर्ताले भने। स्थापना दिवस समारोहमा आईएनटीटीयुसी ब्लक अध्यक्ष सुकान्त कर उपस्थित थिए। फुलबारी १ का उपप्रमुख आनन्द सिन्हा, अञ्चल अध्यक्ष धीरेश रोय, महिला अध्यक्ष सुप्रिया विश्वास र पञ्चायत समिति सदस्य तथा युवा नेता प्रतीक दत्तलगायतको सहभागिता थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement