कृषकहरूलाई सुपथ मूल्यमा डीएपीको विशेष प्याकेज विस्तार गर्न मन्त्री मण्डलद्वारा अनुमोदन

00-Farmers

नयाँ दिल्ली: प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय मन्त्री मण्डलले कृषकहरूलाई सुपथ मूल्यमा डीएपीको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न थप आदेश जारी नभएसम्म १ जनवरी २०२५ देखि डाइ-एमोनियम फोस्फेट (डीएपी) माथि @ ₹ ३,५०० प्रति एमटीको दरले एनबीएस सहायता प्रदान गर्नका लागि एकपटकको विशेष प्याकेज विस्तारलाई अनुमोदन गरेको छ।

लाभ :

कृषकहरूलाई डीएपीको छूट, सुपथ साथै मुनासिब दरमा उपलब्धता सुनिश्चित हुनेछ।

कार्यान्वयन रणनीति तथा लक्ष्य:

डीएपीमाथि @ ₹ ३,५०० प्रति एमटीको दरले विशेष प्याकेज १ जनवरी २०२५ देखि थप आदेश जारी नभएसम्मको अवधिका लागि, कृषकहरूलाई सुपथ मूल्यमा डीएपी मलको सुचारू उपलब्धता सुनिश्चित गर्न अनुमोदित एनबीएस सहायताका अतिरिक्त प्रदान गरिनेछ।

पृष्ठभूमि:

उर्वरक निर्माता एवं आयातकर्ताहरूका माध्यमद्वारा कृषकहरूलाई छूट दरमा २८ श्रेणीको पी एवं के उर्वरक उपलब्ध गराइन्छ। पी एवं के उर्वरकमाथि सहायता १.४.२.२०१० देखि प्रभावी रूपमा एनबीएस योजनाद्वारा शासित छ। कृषकहरूको कल्याणलाई उच्च प्राथमिकता दिने प्रक्रियालाई जारी राख्दै, भारत सरकारले डाइ-एमोनियम फोस्फेट (डीएपी) उर्वरकको मूल्य अपरिवर्तित राखी कृषकहरूलाई व्यापक राहत प्रदान गरेको छ। भू-राजनीतिक अडचन अनि वैश्विक बजार स्थिति अस्थिर रहे तापनि, खरिफ अनि रबि २०२४-२५ का लागि कृषकहरूलाई डीएपी सुपथ मूल्यमा उपलब्ध हुने सुनिश्चित गर्दै सरकारले कृषकमैत्री दृष्टिकोण अपनाएको छ। मन्त्री मण्डलले जुलाई २०२४ मा, ₹२,६२५ करोड बराबरको वित्तीय प्रभावका साथ १.४.२०२४ देखि ३१.१.२०२४ सम्मका लागि @ ₹ ३,५०० प्रति एमटीको दरले एनबीएस सहायताको निम्ति एकपटकको विशेष प्याकेज अनुमोदन गरेको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement