अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई)ले भर्जिनियाको एक फार्ममा छापा मार्दा १५० वटा बम बरामद गरेको छ। यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद भएको मानिएको छ। आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो। एफबीआईले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो। अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको झोलामा ‘नो लाइभ्स म्याटर’ लेखिएको अधिकारीहरूले बताएका छन्। वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधको सन्दर्भमा प्रयोग गरिन्छ। ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।