वर्षको पहिलो दिन कोचबिहारमा पिकनिक बस दुर्घटना

IMG-20250101-WA0360-1

कोचबिहार: सालको पहिलो दिनमै कोचबिहारमापिकनिक जाने बस दुर्घटना भएको छ। कोचबिहार २ ब्लकको मधुपुर क्षेत्रको कालपानी क्षेत्रमा बिहानै पिकनिक टोलीको बस खाल्डोमा पल्टियो। जाडोको मौसममा चिसो पानीमा भएको ठाउँमा बस पल्टिँदा धेरै बस यात्रु घाइते भएका छन्। यहाँ पिकनिक बस पल्टिएको देखेपछि स्थानीयवासी सहयोग गर्न दौडिए। स्थानीयले घाइतेहरूलाई अस्पताल पुर्याए। पछि सूचना पाएपछि पुलिस पुग्यो। समाचारअनुसार, यस दुर्घटनामा धेरै जना घाइते भएका छन्। घटनास्थलमा पुलिस पुगेर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement