उच्च ज्वरोका कारण राजु श्रीवास्तवलाई फेरि भेन्टिलेटरमा राखियो

Raju-Srivastav

नयाँ दिल्ली: कमेडी किङ राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार आएको बताइएको छ। उनका पीआरओ गरवीत नारङका अनुसार राजु श्रीवास्तवलाई फेरि भेन्टिलेटरमा राखिएको छ। उच्च ज्वरो आएपछि चिकित्सकले यस्तो कदम चालेका हुन्। तर, राजु श्रीवास्तव सचेत छन्। उनले पहिलेको तुलनामा आफ्नो शरिरको गति बढाइरहेका छन्। भेन्टिलेटरमा राजु श्रीवास्तवलाई एक हप्ताअघि नै होश आएको थियो। यो जानकारी उनका साथी सुनिल पालले दिए। राजु श्रीवास्तव छिट्टै निको भएर घर फर्किने बताइएको छ। यसका लागि डाक्टरहरू, परिवारका सदस्यहरू, प्रशंसकहरू र साथीहरू सबै प्रार्थना गरिरहेका छन्। राजु श्रीवास्तव जतिसक्दो चाँडो निको होस् भनेर डाक्टरहरूले सक्दो प्रयास गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement