कसरी २०२४ सभ्यतागत जागरणको वर्ष साबित भयो

00-1-PM-Modi-copy

मोदी सरकारको १० वर्षे कार्यकालमा भारत आफ्नो समृद्ध विरासतको गर्वबोध जगाउँदै अभूतपूर्व सांस्कृतिक पुनरूद्धारको साक्षी बन्यो। जम्मू-कश्मीरमा प्राचीन मन्दिरहरूको पुनर्बहालीदेखि लिएर भव्य काशी विश्वनाथ धामको पुनर्निर्माण लगायत देशव्यापी रूपमा मन्दिरहरूको पुनरूत्थानका सबै प्रयासले हामीलाई आफ्नो मूलसँग जोड्ने काम गरेको छ। विस्मृत सन्त मीरा बाई अनि आदिवासी महानायक बिरसा मुण्डाको सम्मानदेखि लिएर महाकुम्भ जस्तो परम्परालाई वैश्विक रूपमा प्रोत्साहित गरी भारतको आध्यात्मिक भव्यता प्रदर्शित गरिएको छ। अयोध्यामा कीर्तिमानधारी दिवाली महोत्सवदेखि लिएर संसदमा पवित्र सेङ्गोलको स्थापनाले हाम्रो सभ्यतागत मूल्य-मान्यताप्रति गहिरो सम्मान प्रतिबिम्बित गर्दछ। यस वर्षले भारतको विरासतलाई भावी पिँढीले सम्मान गर्दै कालातीत भावना अक्षुण्ण राख्न प्रेरित गर्ने दसकौं लामो यात्रा जारी राखेको छ।

यो वर्ष अयोध्यामा लाखौं लाख भक्तजनको युगौं पुराना सपना पूरा गर्दै श्री राम लल्लाको ऐतिहासिक प्राण प्रतिष्ठानदेखि लिएर आबु धाबीमा प्रथम हिन्दू मन्दिरको अनावरणका साथ शुरु भएको थियो जसले सीमा पारसम्म भारतको आध्यात्मिक विरासत प्रतिष्ठित गर्दछ। यसका साथमा युनेस्कोको विश्व धरोहर सूचीमा मौइदाम सामेल हुनका साथमा चोरिएका २९७ प्राचीनकालीन वस्तुहरू भारतलाई फिर्ता गरियो।

श्रीराम आफ्नो जन्मस्थानमा फर्किआए

वर्ष २०२४ मा पीएम मोदीको नेतृत्त्वमा भारतको सभ्यतागत विरासत अनि सांस्कृतिक गौरवको ऐतिहासिक पुनरूद्धार भयो। अयोध्याको राम मन्दिरमा श्रीराम लल्लाको प्राण प्रतिष्ठान एउटा महत्त्वपूर्ण आध्यात्मिक एवं सांस्कृतिक क्षण थियो, जसले विश्वभरीका हिन्दू  समुदायको शताब्दी पुराना आकाङ्क्षा पूरा गरेको छ। यस परिघटनाले भारतको सभ्यतागत विमर्शमा अयोध्याको चिरस्थायी महत्त्व रेखाङ्कित गर्दछ। पीएम मोदीद्वारा आबु धाबीमा पहिलो हिन्दू मन्दिरका रूपमा बीएपीएस मन्दिरको उद्घाटन भारतको सांस्कृतिक कूटनीतिको  सन्दर्भमा ऐतिहासिक क्षण थियो। यो मन्दिर मध्यपूर्वमा पहिलो पारम्परिक हिन्दू शिला मन्दिर हो भने यो प्राचीन हिन्दू वास्तु सिद्धान्त “शिल्प शास्त्र” अनुरूप निर्माण गरिएको छ।

यस कामले प्रवासी भारतीयको योगदानको उत्सव मात्र नमनाएर वैश्विक अन्तर-धार्मिक सौहार्दता पनि प्रतिबिम्बित गर्दछ। स्वदेशमा, असमको पवित्र मा कामाख्या मन्दिरसम्मको सुगम्यता बढाउने उद्देश्यका साथ यसको पवित्र विरासतको  संरक्षण गर्दै महत्त्वकाङ्क्षी माँ कामाख्या दिव्य गलियारा परियोजनाको शिलान्यास गरियो। यी पहलहरूले पीएम मोदीको भारतको विरासतको पुनरूद्धार गर्दै भारतको यशस्वी विगतप्रति गौरवबोध गराउने दिशामा अविचल प्रतिबद्धता दर्शाउँदछ।

सांस्कृतिक विरासतको पुनर्जागरण

वर्ष २०२४ मा पीएम मोदीको दुरदर्शी नेतृत्त्वमा आफ्नो सभ्यतागत विरासतको संरक्षण अनि महोत्सव पालन गर्ने दिशामा अभूतपूर्व प्रयास भारतद्वारा गरियो। मोदी सरकारको प्रयासको परिणामस्वरूप असमको मोइदामले भारतको ४३औं युनेस्को विश्व धरोहर स्थलको रूपमा मान्यता पाउनुले भारतको सांस्कृतिक विरासतको  वैश्विक महत्त्व दर्शाउँदछ। यसका साथै कुरूक्षेत्रमा “अनुभव केन्द्र”को उद्घाटनले महाभारत अनि भगवत गीता जस्ता प्राचीन धर्मग्रन्थ पुनर्जीवित गर्दै भारतको विरासत सुगम अनि अनुभवजन्य बनाउने सरकारको प्रतिबद्धता दर्शाउँदछ।

यसै गरी, गुजरातमा ऐतिहासिक कोचराब आश्रमको पुनर्विकासले गान्धीवादी सिद्धान्त अनि मूल्य-मान्यता संरक्षण गर्ने सरकारको समर्पण पुष्टि गर्दछ भने सम्भलमा श्री काल्की धामको शिलान्यासले आध्यात्मिक एवं सांस्कृतिक केन्द्र  पोषित गर्ने प्रण प्रदर्शित गर्दछ। यी सबै प्रयासले भारतको प्राचीन ज्ञानको संरक्षण गर्दै भविष्यका लागि प्रगतिशील मार्ग प्रशस्त गर्ने दिशामा मोदी सरकारको ध्यान प्रतिबिम्बित गर्दछ।

वित्तीय वर्ष २०२४ मा, खादी एवं ग्रामोद्योग आयोगको (केभीआइसी) कूल कारोबार ₹१.५ लाख करोड पार हुनका साथै १० लाख रोजगार सिर्जना गरी आत्मनिर्भर भारतको दिशामा एक फड्को मारेको थियो। यस विकासक्रमले, भोकल फर लोकलको बलमा परम्परालाई वहनीयता अनि आधुनिक नवाचारसँग मिश्रित गर्ने पर्यामैत्री फेशनप्रति वैश्विक आकर्षणलाई दर्शाउँदछ।

भाषिक एवं आध्यात्मिक विरासतको महोत्सव

वर्ष २०२४ मा भाषिक विविधताको महोत्सव मनाउँदै आसमी, बङ्गाली, मराठी, पाली अनि प्राकृत  भाषालाई शास्त्रीय भाषाको मान्यता प्रदान गरियो। यस मान्यताले राष्ट्रको समृद्ध भाषिक विरासतलाई सम्मान मात्र नगरेर पिँढी-दर-पिँढी संस्कृतिको संरक्षणलाई पनि सुदृढ बनाउँदछ। यसका साथै १३ जून, २०२४ को दिन पूरीस्थित श्री जगन्नाथ मन्दिरको चारैवटा द्वार पुनः खोल्नुले यस पवित्र आध्यात्मिक स्थलसम्मको  प्रवेश मार्ग खोल्ने भक्तजनको युगौं पुराना माग पूरा भएको छ। यसै गरी २३ सेप्टेम्बर २०२४ को दिन पोर्ट ब्लेयरको पुनः नामाकरण गर्दै “श्री विजयपुरम” बनाउनुले यस क्षेत्रको स्वतन्त्रता सङ्ग्राममा विशेष महत्त्वलाई ध्यानमा राख्दै इतिहासको सम्मान गर्ने दिशामा भारतको समर्पण दर्शाउँदछ। प्रयागराजमा आगामी १३ जनवरीदेखि २६ फरवरी २०२५ सम्म आयोजित हुने महाकुम्भ मेला २०२५ को निम्ति भारतले तयारी गरिरहेको छ। यो आयोजन विश्वकै सबैभन्दा विशाल आध्यात्मिक भेला हुने अनुमान लगाइएको छ, जसमा ४५ करोडभन्दा धेरै (करिब ४५० मिलियन) भक्तजन अनि आगन्तुक भेला हुनेछन्।

सांस्कृतिक कूटनीति एवं वैश्विक मान्यता

सांस्कृतिक कूटनीतिको क्षेत्रमा पनि २०२४ मा भारत उल्लेखनीय प्रगतिको साक्षी बन्यो, जसले वैश्विक स्तरमा राष्ट्रको स्थितिलाई सुदृढ बनायो। भारत र अमेरिकाद्वारा प्रथम “सांस्कृतिक सम्पत्ति सम्झौता”मा हस्ताक्षर  गरियो, जुन भारतको बहुमूल्य सांस्कृतिक सम्पत्तिको अवैध तस्करी  रोकथाम गर्न लक्षित छ। १५ नोभेम्बर २०२४ को दिन अमेरिकाद्वारा भारतबाट लुटिएका $१० मिलियन मूल्य बराबरका १४ सयभन्दा धेरै पुरातन वस्तु फिर्ता गरियो। यसअघि, सेप्टेम्बर २०२४ को दिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन सामेल रहेको एउटा समारोहबीच २९७ पुरातन वस्तु भारतलाई फिर्ता गरियो। अर्को ऐतिहासिक क्रममा, प्रथमपटक १०० महिला कलाकारद्वारा गणतन्त्र दिवसको परेडको नेतृत्त्व गरियो, जसले महिला सशक्तिकरण अनि लैङ्गिक समानताप्रति  सरकारको प्रतिबद्धता दर्शाउँदछ। यी प्रयासहरूले भारतको बढ्दो सांस्कृतिक प्रभाव दर्शाउँदछ भने पीएम मोदीको दूरदृष्टिले राष्ट्रलाई बढी वैश्विक मान्यताका साथमा समृद्ध परम्पराको  सम्मानतर्फ अग्रगमन गराइरहेको स्पष्ट हुँदछ।

सांस्कृतिक परियोजनाहरूसँग जोडिएका पूर्वाधार एवं आर्थिक विकास

प्रधानमन्त्री मोदीको नेतृत्त्वमा, भारत वर्ष २०२४ मा सांस्कृतिक परियोजनाहरूलाई पूर्वाधार एवं आर्थिक विकाससँग निर्बाध रूपमा जोड्ने रूपान्तरणकारी पहलहरूको साक्षी बन्यो। बिहारको विष्णुपद मन्दिर तथा बोध गयाको महाबोधि मन्दिरमा गलियाराको विकास गर्ने घोषणाले आध्यात्मिक पर्यटनलाई बढावा दिँदै यस क्षेत्रका  लागि अत्यावश्यक आर्थिक प्रोत्साहन प्रदान गर्नेछ।भारतको अति पवित्र यी दुई स्थलसम्म सुगम्यतामा सुधार ल्याउँदै यी परियोजनाले भारतको आध्यात्मिक धरोहर अनि आधुनिक पूर्वाधारबीच सेतुको काम गर्नेछ। गुजरातको लोथलमा राष्ट्रिय समुद्रवर्ती धरोहर परिसरका लागि शिलान्यास भारतको प्राचीन समुद्रवर्ती इतिहास  संरक्षण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। लोथललाई विश्वकै सबैभन्दा प्राचीन पोतका रूपमा विकसित गरिनेछ भने ४५ सय वर्षभन्दा पुराना समृद्ध समुद्रवर्ती इतिहास दर्शाउने  सिन्धु घाटी सभ्यताको ऐतिहासिक स्थल प्रदर्शित गरिनेछ। यस परियोजनाको कार्यान्वयनले १५ हजार प्रत्यक्ष अनि ७ हजार परोक्षका साथ २२ हजार जति रोजगार सिर्जना गर्दै स्थानीय अर्थनीतिलाई प्रोत्साहित गरी समुदायका लागि वहनीय विकास पोषित गर्नेछ।

सांस्कृतिक महोत्सव तथा पहल

प्रधानमन्त्री मोदीद्वारा दिल्लीमा प्रथम बोडोल्याण्ड महोत्सव उद्घाटन गरियो, जसमा बोडोल्याण्डको विशिष्ट संस्कृति, परम्परा अनि इतिहासको उत्सव मनाइयो। पूर्वोत्तर भारतको समृद्ध सांस्कृतिक विरासत प्रदर्शित गर्ने अष्टलक्ष्मी महोत्सवको पनि उनले उद्घाटन गरे। यस्ता सांस्कृतिक महोत्सवले भारतको विविध सांस्कृतिक अस्मिताको संरक्षण अनि प्रोत्साहनका साथ सबै तह अनि तप्काका जनमानसलाई एकबद्ध बनाउने प्रधानमन्त्री मोदीको दूरदृष्टिलाई बल प्रदान गर्दछ। -पीआईबी

About Author

Advertisement