च्याम्पियन्स ट्रफी र एशिया कपको साथ टीम इण्डियाको निम्ति व्यस्त रहनेछ साल २०२५

IMG-20250101-WA0394

नयाँ दिल्ली: साल २०२४ भारतीय पुरुष क्रिकेट टीमको निम्ति सफलता र असफलताको मिश्रण रह्यो। अब नयाँ साल २०२५ भारतीय पुरुष क्रिकेट टीमको साथ-साथ प्रशंसकहरूका निम्ति पनि रोमाञ्चक हुनेछ कारण च्याम्पियन ट्रफी, ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीज र एशिया कप यस साल रहेको छ। भारतीय पुरुष टीमको निम्ति साल २०२४ मेलबर्न क्रिकेट ग्राउण्डमा भएको बक्सिंग डे टेस्ट म्याचमा १८४ रनले निराशाजनक हारको साथ समाप्त भयो। वेष्ट इण्डिज र अमेरिकाको आयोजनमा भएको आईसीसी टी२० वर्ल्ड कपको खिताब जितेपछि भारतीय टीमलाई यस साल अधिकांश समय नै संघर्ष गरिरहेको देखियो। टी२० वर्ल्ड कप च्याम्पियन भएपछि भारतले श्रीलंकाविरुद्ध वनडे सीरीजमा हारको सामना गर्नु पऱ्यो। त्यसपछि भारतले न्यूजील्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा पनि ०-३-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। भारतले २०२४-मा रेकर्ड १५ वटा टेस्ट म्याच खेलेर ८ वटा जित्यो भने ६ वटा म्याचमा हारको सामना गर्नु पऱ्यो। एउटा टेस्ट ड्र रह्यो। यसरी वनडे प्रारूपमा भारतले २०२४-मा केवल एउटा सीरीज खेल्यो। श्रीलंकामा खेलिएको त्यस सीरीजमा भारतले हारको सामना गर्नु पऱ्यो।
नयाँ सालमा भारतको अभियान सिडनी क्रिकेट ग्राउण्डमा अष्ट्रेलियाविरुद्ध बोर्डर गावस्कर ट्रफी सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचको साथ शुरु हुनेछ। पाँचौं टेस्ट ३ जनवरीदेखि शुरु हुनेछ। वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को फाइनल खेल्ने रेसमा कायम रहन भारतले पाँचौं टेस्ट जसरी भए पनि जित्नु पर्नेछ। हार या ड्र-ले भारतको लगातार तेस्रोपल्ट डब्ल्यूटीसी फाइनल खेल्ने सपना भताभुंगै हुनेछ। सिडनी टेस्ट म्याचको साथ अष्ट्रेलिया यात्राको समापन भएपछि भारतको अघिल्लो मुख्य लक्ष्य आईसीसी च्याम्पियन्स ट्रफी हुनेछ। पाकिस्तानमा टुर्नामेण्टको आयोजन हुने भए पनि च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो जम्मै म्याच दुबईमा खेल्नेछ। भारतले टुर्नामेण्टमा आफ्नो अभियानको शुरुवात २० फरवरीमा बंग्लादेशविरुद्ध म्याचको साथ गर्नेछ। च्याम्पियन्स ट्रफी अघि भारतले २२ जनवरीदेखि ईंग्ल्याण्डविरुद्ध सीमित ओभरहरूका घरेलु सीरीजमा हिस्सा लिनेछ। भारत र ईंग्ल्याण्डबीच पहिला ५ वटा टी२० म्याचको सीरीज खेलिनेछ। त्यसपछि ३ वटा वनडे म्याच पनि हुनेछ। यसरी सालको अन्तमा भारत ५ वटा टेस्ट म्याचको सीरीजमा हिस्सा लिन ईंग्ल्याण्ड यात्रामा जानेछ। त्यस सीरीजको साथ भारतले चौथो वर्ल्ड टेस्ट च्याम्पिनशीप चक्रको शुरुवात गर्नेछ। भारतको घरेलु सत्र अक्टोबर २०२५-मा एशिया कप र वेष्ट इण्डिजविरुद्ध २ वटा टेस्ट म्याचको साथ शुरु हुनेछ। साल २०२५-को अवधि भारतले आईसीसी र एसीसी प्रतियोगिताहरू छोड़ेर १८ वटा टी२०आई, १० वटा टेस्ट र १२ वटा वनडे म्याचमा हिस्सा लिनेछ। यसमा दक्षिण अफ्रिकाविरुद्ध नोभेम्बर २०२५-मा शुरु हुने २ वटा टेस्ट म्याच, ३ वटा वनडे र ५ वटा टी२० म्याचको सीरीज पनि सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement