मर्रेसँग मिलेर रणनीति बनाउनमा जुटे जोकोविच

IMG-20250101-WA0389

ब्रिसबेन: विश्वका पूर्व नम्बर एक खेलाड़ी नोवाक जोकोविचले साल २०२४-मा पेरिस ओलम्पिक स्वर्ण पदकको रूपमा एकमात्र खिताब जित्न सकेका थिए तर अहिले नयाँ प्रशिक्षक एण्डी मर्रेको साथ मिलेर यानिक सिनर र कार्लोस अल्काराज जस्ता युवा खेलाड़ीहरूविरुद्ध म्याचको निम्ति नयाँ रणनीति तयार गर्नमा जुटेका छन्। वर्तमानमा विश्वका नम्बर एक पुरुष एकल खेलाड़ी २३ वर्षीय सिनरले गत वर्ष अष्ट्रेलियन र अमेरिकी ओपन तथा २१ वर्षीय अल्काराजले विम्बल्डन र फ्रेञ्च ओपनमा पुरुष एकल खिताब जितेका थिए। ब्रिसबेन इण्टरनेशनलमा पहिलो राउण्डको म्याच जितेपछि ३७ वर्षीय जोकोविचले बताएअनुसार, उनले १२ जनवरीदेखि शुरु हुने अष्ट्रेलियन ओपन अघि मर्रेसँग मिलेर आफ्ना युवा प्रतिद्वन्द्वीहरूका भीडियो हेरेर उनीहरूका खेलको आकलन गरेका छन्।
आफ्नो १००औं एटीपी खिताब जित्ने प्रयासमा जुट्ने जोकोविचले अष्ट्रेलियाका वाइल्ड कार्डद्वारा प्रवेश पाउने रिंकी हिजिकाटालाई ६-३, ६-३-ले पराजित गरेपछि उनी मर्रेसँग मिलेर आफ्नो खेलमा ससाना बद्लाउहरू गर्ने बताए। म्याच जितेपछि सर्बियाका जोकोविचले भने, म आफ्नो खेलमा व्यापक फेरबदल गर्ने विषयमा सोचिरहेको छुइनँ। म जियोवानी (फ्रान्सका २१ वर्षीय स्टार जियोवानी एमपेत्शी पेरीकार्ड) जस्तो बन्ने छुइनँ जो पहिलो दुईवटा सर्विस गगरेपछि नेटमा आउँछन्। म मामूली नै भए पनि निश्चित रूपले सुधार चाहन्छु। म शारीरिक र मानसिक रूपले पनि प्रतिस्पर्धा गर्न तयार छु। यसको निम्ति जे गर्न पनि तयार छु। युवाहरूसँग घण्टौं खेल्न पनि तयार छु। सुधार एउटा प्रक्रिया हो अनि म अझ केही साल टेनिस खेल्न चाहन्छु।

About Author

Advertisement