विण्टर कप फूटबल टुर्नामेण्टः युनाइटेड फ्रेण्ड्स (सोम्बारिया) च्याम्पियन

IMG-20250101-WA0362

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा आयोजित शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया) च्याम्पियन भयो । नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा मंगलवार खेलिएको फाइनल म्याचमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)-ले फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम) विरुद्ध २-०-ले जीत हासिल गऱ्यो।

विजेता टीमबाट सैलेश प्रधान ले २५औं र रोशन सुब्बा ले ४९औं मिनटमा गोल गरे। प्रकाश छेत्री ले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement