दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजन गरिने प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं सीजनको ४ जनवरीदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। शनिवार हुने टुर्नामेण्टको उद्घाटन म्याचमा एलजीएसए र युनाइटेड फ्रेण्ड्स क्लब (सिक्किम) बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।