काठमाण्डू: काठमाणण्डूको बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृत्यु भएको छ।
विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ। क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ।तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ। त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन। गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर, विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लाग्छन्।
झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइन्छ। तर चिकित्सकले ‘ब्रोट डेथ’को घोषणा गर्छन्। चिकित्सक भन्छन् ‘समयमा अस्पताल ल्याउन सकिएको भए ज्यान बचाउँन सकिन्थ्यो’। अभिभावक भन्छन् ‘जेभियर कलेजले गम्भिर लापरवाही गर्यो’। तर जेभियर कलेज भन्छ ‘यसमा कुनै सत्यता छैन। गुनगुनको प्राकृतिक निधन भएको हो।’
जेभियर कलेजको यस्तो लापरवाही यो पहिलो पटक हैन। पाँच वर्षअघि कुलेखानी क्षेत्रमा शैक्षिक भ्रमणमा लगिएका विद्यार्थी सुरज भेटवालको इन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।