मुख्यमन्त्री तामाङले दिए लोसुङ र नाम्सुङ पर्वको शुभकामना

IMG-20241231-WA0344

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले लोसुङ र नाम्सुङ पर्वको अवसरमा समस्त सिक्किमेली जनगण विशेष गरेर भोटिया र लेप्चा समुदायलाई बधाई एवं शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्रीले लोसुङ र नाम्सुङ जस्ता जीवन्त पर्वहरूको अवसरमा भोटिया र लेप्चा समुदायप्रति विशेष सम्मानका साथ सिक्किमका जनतामा शुभकामना व्यक्त गर्दछु भन्दै यी चाडहरूले फसलहरूको मौसमको अन्त्य र नयाँ वर्षको शुरुआतलाई सङ्केत गर्दछ, जसले हामीलाई प्रकृति र जीवनको चक्रसँग हाम्रो गहिरो बन्धनको सम्झना गराउने उल्लेख गरेका छन्। यो समय हाम्रो एकतालाई प्रतिबिम्बित गर्ने, हाम्रो विरासतको उत्सव मनाउने र संकल्पले भरिएको वर्षको प्रतीक्षा गर्ने समय हो। यी उत्सवहरूले प्रत्येक घरमा आनन्द, समृद्धि र सद्भाव ल्याओस्। हाम्रो सुन्दर राज्यमा शान्ति, पारस्परिक सम्मान र साझा प्रगतिप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउन यस अवसरलाई उपयोग गर्नुपर्ने अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement