मन्त्री पिन्छो लेप्चाले गरे बेली ब्रिज निर्माण कार्यको निरीक्षण

IMG-20241231-WA0343

गान्तोक: जङ्गु निर्वाचन क्षेत्रका विधायक तथा वन एवं पर्यावरण विभागका मन्त्री पिन्छो नामग्याल लेप्चाले आज नाम्प्रिकदाङ साङ्कालाङ स्थित ६० मिटर लामो बेलिब्रिज निर्माण स्थलको निरीक्षण गरे। यो पुलको १ जनवरीको दिन औपचारिक उद्घाटन हुने जानकारी प्राप्त भएको छ। यो पुल गत बर्षको बाढीका कारण क्षतिग्रस्त बनेको थियो भने मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष तत्परतामा बीआरओ र सेनाको सहयोगमा यसको निर्माण कार्य सम्पन्न भएको मन्त्रीले बताएका छन्। भोलि नयाँ बर्ष २०२५ को अवसरमा यो पुलको विधिवत उद्वघाटन हुनेछ भने स्थानीयवासीको निम्ति नयाँ बर्षको एक उपहार स्वरूप रहने मन्त्री लेप्चाले बताएका छन्। यो पुल सुचारू भएपछि यो सडकमार्ग भएर यातायात गर्न धेरै सुविधा पुग्ने मन्त्रीले लेप्चाले जानकारी गराएका छन्। यो पुलको निर्माणको निम्ति विशेष सहयोगको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति मन्त्री लेप्चाले क्षेत्रवासी जनताको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement