गान्तोक: राज्यमा बढ्दो नशालु पदार्थको धन्दालाई लिएर सिक्किम पुलिसले लगाम लगाउने उद्देश्यले राज्यभरिको चेकपोस्टमा कडा निगरानी गर्दै आइरहेको छ। यसै क्रममा हिजो जोरथाङ पुलिसले नशालु पदार्थ सहित तीनजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा विक्रम तामाङ, सन्दीप राई र सुमन राई सामेल रहेका छन्। आरोपीबाट पुलिसले धेरै मात्रामा ब्राउन सुगर फेला पारेको जानकारी गराइएको छ। पुलिसले थप जानकारी गराए अनुसार यी तीन आरोपी जोरथाङको शान्तिनगरमा बस्दै आएको र उनीहरूले नशालु पदार्थको धन्दा गरिरहेको विश्वानीय सुत्रले पुलिसलाई सूचित गरेको थियो। सोही सूचनाको आधारमा पुलिसले शान्तिनगरमा छापा मारेर भारी मात्रामा ब्राउन सुगर फेला पारेपछि आरोपीलाई पक्राउ गरिएको हो। हाल यी तिनै जना आरोपी जोरथाङ पुलिस थानामा रहेको र उनीहरूलाई केरकार गरिरहेको बताइएको छ।