गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले नयाँ वर्ष २०२५ को निम्ति राज्यका मानिसहरूलाई शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा राज्यपालले “नयाँ वर्षले नयाँ संकल्प, भेट्नका लागि नयाँ मानिसहरू, रमाइलो गर्नका लागि नयाँ साहसिक कार्य र सिर्जना गर्नका लागि नयाँ सम्झनाहरू सहितको नयाँ सुरुवातको प्रतिक रहेको बताएका छन्। नयाँ वर्षले देश र विश्वमा नयाँ आशा, मानवता, सेवा, परोपकार र शान्तिको भावना जगाओस्। हामी सबैले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाका साथ नयाँ भारत निर्माण गर्न समर्पित भावनाका साथ मिलेर काम गर्नुपर्ने आग्रह गरेका छन्।
नयाँ वर्षको अवसरमा राष्ट्र निर्माण र राज्यको कल्याणप्रतिको हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गरौं र भारतलाई ‘विश्व गुरु’ बनाउने महान लक्ष्य प्राप्त गर्नको निम्ति सबैले एक भएर काम गर्नुगर्नु पर्ने सुझाउ दिएका छन्।