बंगाईगांव(असम): आज बिहान बंगाईगाउँ जिल्लाको काकोइजानामा भएको भयानक सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयएको छ। पुलिसबाट प्राप्त जानकारी अनुसार तिब्र गतिमा गईंरहेको बोलेरो पिकअप भ्यानले काठ लादिएको ट्रकलाई ठक्कर दिदा बोलेरो चालकको घटनास्थलमै मृत्यु भएको छ।
भनिन्छ, घना कुहिरोको कारणले बोलेरो पिकअप (एएस-१९एसी-५७६२) र ट्रक आपस्तमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। मृत चालकको पहिचान अन्तिम समाचर प्राप्त गरूञ्जेलसम्म पनि हुन सकेको थिएऩ। सूचना पाउनसाथ पुलिस टीमले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्न जिल्ला सदर अस्पतालमा पठाएको छ।