पूसीरेका ट्रेनहरूको नयाँ समय सारणी एक जनवरीदेखि लागू हुने

FB_IMG_1735486029823

गुवाहाटी(असम): पूर्वोत्तर सीमा रेलवे (पूसीरे)-ले आफ्नो ट्रेनहरूको नयाँ समय सारणी ०१ जनवरी, २०२५- देखि लागू गर्न का लागि तयार छ।
यस समय सारणीमा केही फेरबदल गरिएको छ जसको उद्देश्य सम्पूर्ण क्षेत्रको कनेक्टिभिटीमा सुधार, यात्री सुविधालाई बढ़ाउन तथा परिचालन दक्षतालाई सुव्यवस्थित बनाउनु हो।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले मंगलवारजानकारी दिए, नयाँ समय सारणीबाट ४३ वटा ट्रेनहरूको गति बढ़नेछ र प्रमुख मार्गहरूमा यात्रा अवधि धेरै कम हुने छ। उदाहरणस्वरूप एसएमवीटी बेंगलुरू-न्यू तिनसुकिया एक्सप्रेस (ट्रेन संख्या २२५०१)-ले अब १२०मिनट र कामाख्या-गोमती नगर एक्सप्रेस (ट्रेन संख्या १५०७७)-ले ७५ मिनटको समय बचाउनेछन्। यसरी नै डिब्रुगढ़- हावड़ा एक्सप्रेस (ट्रेन संख्या १५९६२)- को यात्रा समय 6६०मिनट घट्नेछ।
उनले बताए अनुसार , यात्रीहरूका आवश्यकता अनुरूप २४ वटा एक्सप्रेस ट्रेनहरूको समय-सारणीमा संशोधन गरिएको छ। न्यू जलपाईगुड़ी-नयाँ दिल्ली एक्सप्रेस (ट्रेन संख्या २५२३) अब न्यू जलपाईगुड़ीदेखि ०८:४५ बजे प्रस्थान हुनेछ भने सिलचर-तिरूवनन्तपुरम सेन्ट्रल एक्सप्रेस (ट्रेन संख्या १२५०८) सिलचरदेखि १९:३० बजे प्रस्थान हुनेछ। यस अतिरिक्त यात्रीहरूको सुविधाको लागि १६ अन्तर-जोनल मेल वा एक्सप्रेस ट्रेन र २३ डेमु ट्रेनहरूको समय-सारणीमा पनि संशोधन गरिएको छ। यी संशोधनहरूको उद्देश्य यात्रीहरूको लागि कनेक्टिभिटीमा सुधार र सुगम यात्राको अनुभव सुनिश्चित गर्नु हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement