दुधियाको पिकनिक स्थलमा मानिसहरुको घुइचो

hq720

दुधिया: वर्षको अन्त्यमा, मानिसहरू पिकनिक मूडमा छन्। दुधियाको पिकनिक स्थलमा मानिसको भीडहरु प्रष्ट देखिन्छन्। हिमालको सौन्दर्य र नजिकैबाट बग्ने बालासन नदीको किनार रहेकै कारण मानिसहरु यस पिकनिक स्थलको रमाइलो मनाई रहेका छन्। जताततै मानिसहरु नाच्दै, गाउँदै, खाना पकाउने र सेल्फी खिच्ने गरेको देखिन्छ। पिकनिक टोली नयाँ वर्षलाई स्वागत गर्नुअघि पिकनिक मनाउन व्यस्त छन्। पिकनिकमा मानिसको भीड देखेर गाडीधुरा प्रहरी चौकीका पुलिस पनि घटनास्थलमा पुगेर सुरक्षा दिई रहेका छन्।

About Author

Advertisement