गुवाहाटी(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असमवासीलाई अंग्रेजी नववर्ष- २०२५ को बधाई एवं शुभकामना दिएका छन्। डा. सरमाले मंगलवार बक्तब्य जारी गर्दै भने, नयाँ वर्ष सदैव एउटा यस्तो अवसर हुन्छ जसले नयाँ आशा र आकांक्षाहरू पैदा गर्दछ।
उनले भने, नयाँ वर्ष २०२५- ले सबै जाति पन्थ भाषा र धर्मसंग सम्बन्धित राज्यका मानिसहरूलाई अघि बढ़्ने तथा राज्यको विकासमा योगदान दिनको लागि प्रेरित गर्नेछ।
मुख्यमन्त्रीले आशा व्यक्त गरे, नयाँ वर्षले मित्रताको बन्धनलाई अझ गाढ़ा बनाउनेछ ज़ब कि राज्यका मानिसहरूले असमलाई सामाजिक-आर्थिक- सांस्कतिक-शैक्षणिक विकासको क्षेत्रमा एउटा नयाँ विकास पथमा लैजानका लागि आफ्नो अविश्वसनीय भूमिका निर्वाह गर्न सकुन्।