नयाँ बर्षको आगमन संगै सिलगढ़ीमा कड़ा सुरक्षा व्यवस्था

Siliguri_Metropolitan_Police_Logo

७ सय अतिरिक्त पुलिस महानगरमा तैनाथ

सिलगढ़ी: सिलगढ़ी लगायत देशभरि नै वर्ष २०२४- को विदाई र २०२५- को आगमनको चारैतिर रौनक छ। सिलगढ़ीमा न्यू ईयर ईव-मा पुलिस एवं प्रशासनले कड़ा व्यवस्था गरेको छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिसले यस उत्सवलाई मध्यनजर गर्दै मंगलवार साँझदेखि सड़कहरूमा अतिरिक्त पुलिस बललाई तैनाथ गरेको छ।
शहरमा ७सय अतिरिक्त पुलिसकर्मीहरूलाई तैनाथ गरिएको जानकारी सिलगढ़ी मेट्रोपोलिटन पुलिसका डीसीपी विश्वचांद ठाकुरले दिएका छन्।
डीसीपी विश्वचांद ठाकुरका अनुसार कुनै पनि उत्सव वा पर्व आउँदा पुलिसमाथि जिम्मेवारी बढ़्छ। उत्सव वा पर्वमा रमाइलोको वातावारणमा कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन र शहरमा कानून एवं सुरक्षा व्यवस्थालाई कायम राख्न पुलिसको सबैभन्दा ठूलो जिम्मेवारी रहन्छ। त्यसैले शहरका प्रमुख चौरस्ताहरूमा कड़ाईका साथ चेक जाँच र निगरानी भइरहेको छ। यो जाँच मंगलवार सँझदेखि बुधवारसम्म जारी रहनेछl यसको लागि ७सय अतिरिक्त पुलिसकर्मीहरु सड़कहरूमा तैनाथ रहनेछ। तिब्र गतिमा चलाउने गाड़ी र मादक पदार्थ सेवन गरि वाहन हाँक्नेहरूमाथि कड़ा कारबाही हुनेछ। सबै प्रमुख आयोजन स्थल तथा पिकनिक स्पटमा पुलिसको सुरक्षा व्यवस्था रहनेछ। सबै आयोजन स्थलहरूमा पुलिसको विशेष नजर रहनेछ। यसका अतिरिक्त महिला सुरक्षाको लागि विनर्स, पिंक पेट्रोलिंग भ्यानसहित एक सय भन्दा अधिक महिला पुलिसकर्मीलाई तैनाथ गरिनेछ। नयाँ वर्षमा सड़क दुर्घटनाहरूलाई रोक्नका लागि तीन सय ५०ट्राफिक पुलिस रात्रीकालीन ड्यूटीमा रहनेछन्। यसबाहेक बार मालिकहरूलाई एक्साइज डिपार्टमेन्टको निर्देशिकालाई पालना गर्ने निर्देश दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement