मालदा: जिल्ला प्रशासनिक भवन र जिल्ला अदालत परिसरमा मंगलवार एउटा तिब्र गतिको कारको लापर्वाही देखियो। उक्त सरकारी कारले केही मानिसहरूलाई ठक्कर दियो। उक्त घटनामा लगभग पाँचजना मानिसहरू घाइते भए।
मानिसहरूलाई ठक्कर दिएपछि शर्ट सर्किट भएर कारबाट धुँवा निक्लिन थाल्यो। यस घटनाले सो क्षेत्रका मानिसहरू आतंकित भए। स्थानीय मानिसहरूले उद्धार गरि घाइतेहरूलाई मालदा मेडिकलमा पठाए। सो घटनास्थमा उपस्थित मानिसहरू उग्र भए पछि कारमा तोड़फोड़ गरे। तर पुलिसको हस्तक्षेपको कारणले स्थिति साम्य भयो। पुलिसले कार चालकलाई हिरासतमा लिएर कारबाही शुरू गरेको छ।