धर्मेन्द्रनाथ हत्याकाण्डका चार आरोपी पश्चिम बंगालबाट पक्राउ

Screenshot_20241231_211704_Chrome

कामरूप(असम): रंगियाको धर्मेन्द्रनाथ हत्याकाण्डमा संलग्न चारजना आरोपीहरूलाई पुलिसले पक्राउ गरेको छ। कामरूप जिल्लाका अतिरिक्त पुलिस अधीक्षक कल्याण कुमार पाठकको नेतृत्वमा पश्चिम बंगालबाट यी चारैजना आरोपीहरूलाई पक्राउ गरिएको छ।
यी हत्याकाण्डका आरोपीहरूमा मणि काकती, अनुशमय कलिता, विक्की लहकर र नितु कलिता रहेका छन्।
उल्लेखनीय छ, धर्मेन्द्र नाथ २५ दिसम्बरदेखि नै बेपत्ता भएका थिए। उनको बेपत्ताको उजुरी पुलिस थानामा दर्ता गरिएको थियो। यस घटनालाई लिएर स्थानीय मानिसहरूले रंगिया थाना समेत घेराव गरेका थिए। यसबीच गत २९ दिसम्बरमा पुलिसले धर्मेन्द्र हराएको सिलसिलामा ढेेकियाजुलीबाट दुईजना युवकहरूलाई हिरासतमा लिएको थियो।
त्यसपछि गए सोमवार धर्मेन्द्र नाथको शव एउटा पोखरीमा बाँधिएको अवस्थामा भेटिएको थियो lयस स्थितिमा सो क्षेत्रमा सन्त्राष फैलिएको छ। सो घटनाको जाँचको क्रममा हत्यामा संलग्न रहेको आरोपमा यी चारजनालाई पक्राउ गरिएको हो। पुलिस अग्रिम जाँचमा खटिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement