देरगाउँमा अलग अलग सड़क दुर्घटनामा एकको मृत्यु, दुई घाइते

IMG-20241227-WA0178

देरगाउँ (असम): देरगाउँमा गए राती दुई अलग-अलग स्थानमा भएको सड़क दुर्घटनामा परि एकजनाको मृत्यु भयो भने दुईजना गम्भीर रूपमा घाइते भएका छन्।
देरगाउँ पुलिसले आज जानकारी दिई सो दुर्घटना देरगाउँ चाराली र डिचोई चारालीलाईजोड़्ने सड़क खण्डमा भएको हो।
एक द्रूत गतिमा आई रहेको गाड़ीले एकजना व्यक्तिलाई ठक़्कर दिदा पैदल हिडिरहेको व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति देरगाउँ-३ नम्बर वार्ड निवासी आलोक राजपूत रहेको छ। घटनापछि गाड़ी चालक घटनास्थलबाट फरार भए। घटनाको जानकारी पाउनसाथ स्थानीय पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमर्टम गर्न अस्पतालमा पठाए।
यसरी नै अर्को सड़क दुर्घटनामा स्कुटी चालकले अनियन्त्रण गतिमा हाँक्दा सड़क किनारमा रहेको बिजुलीको पोलमा ठोक्किन पुग्दा सो दुर्घटनामा दुईजना स्कूटीमा सवार हुनेहरू घाइते भए। घाइते हुनेमा सञ्जय चौधरी र पिंकु हजारिका छन्। दुवैलाई अस्पतालमा भर्ती गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement