२८औ डा. पारसमणि प्रधान पुरस्कार दार्जीलिङको घुम निवासी वरिष्ठ कथाकार साथै लोक वार्ताकार धनहाङ सुब्बालाई प्रदान गरिने

IMG-20241231-WA0309

कालेबुङ: २८औ डा. पारसमणि प्रधान पुरस्कार दार्जीलिङको घुम निवासी वरिष्ठ कथाकार साथै लोक वार्ताकार धनहाङ सुब्बालाई प्रदान गरिने घोषणा भएको छ। कालेबुङको नेपाली भाषा अध्ययन समितिले २०२५ को डा. पारसमणि प्रधान पुरस्कार दार्जीलिङको घुम निवासी धनहाङ सुब्बालाई प्रदान गर्ने घोषणा गरेको छ। आज कालेबुङको रामाकृष्ण भवनमा आयोजित कवि अगमसिंह गिरीको ९७औं जन्म जयन्तीको उपलक्ष्यमा पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो। सम्मेलनका अध्यक्ष जोग छेत्रीद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथिको रुपमा सम्मेलनका मुख्य संरक्षक कुमार छेत्री उपस्थित थिए। विशिष्ट अतिथिगणमा संरक्षिकागण दिपारानी ठकुरी, डा. अञ्जना राई, संरक्षक देवदत्त घिमिरे, डा. सरोजा राई, हेमचन्द्र सुब्बा आदि उपस्थित रहेका थिए। यसरी नै सम्मेलनका सम्पूर्ण पदाधिकारीहरू लगायत अन्य साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। उक्त समारोहको प्रारम्भमा कवि गिरीको तस्वीरमा माल्यार्पण अनि दीप प्रज्ज्वलनसितै उनको चिर शान्तिको कामना गरिएको थियो। यस समारोहमा पेदोङ महाविद्यालयका प्राध्यापक नवीन पौडेलद्वारा गोर्खा जातीय कवि अगमसिंह गिरीमाथि वार्ता प्रस्तुत गरिएको थियो। यसै गरी विभिन्न कविहरूले स्वरचित कविताहरू पनि प्रस्तुत गरेका थिए। जसमा टीएन सुवेदी, डा. हर्कबहादुर छेत्री, दीप छेत्री अनि हेमचन्द्र सुब्बा विशेष रुपमा थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement