कोलकाता: सियालदह स्टेशनमा हरेक दिन ३० लाख भन्दा बढी यात्रुहरू रेलमा यात्रा गर्छन्। स्येशनमा यात्रुको बाक्लो आवतजावतका कारण सरसफाइमा कठिनाइ भएको छ। रेलवे स्टेशनहरूको सरसफाई सुधार गर्न रेलवेले धेरै कदम चालेको छ। यसअन्तर्गत रेलवेले स्टेशनलाई सुन्दर र सफा बनाउन यात्रुहरूलाई सचेत गराउन पनि जोड दिएको छ। सियालदह स्टेशनका रेलवे प्रबन्धक दीपक निगमले स्टेशनहरूमा फोहोर फाल्ने र धुम्रपान गर्ने यात्रुलाई जरिवाना गरिने बताए। हालसम्म, रेलवेले फोहोर फाल्ने अपराधमा ८६५ मुद्दा दर्ता गरेको छ, जसमा रेलवेले अहिलेसम्म १,१४,८०० रुपियाँ जरिवाना असुल गरेको छ। स्टेशन परिसरमा धुम्रपान गरेको आरोपमा रेलवेले १३६ जनालाई जरिवाना गरेको छ जसमा रेलवेले अहिलेसम्म २७ हजार २०० रुपियाँ जरिवाना असुलेको छ। जरिवाना असुलसँगै कारबाही पनि भइरहेको छ।