खरसाङ: पश्चिम बंगालको खड्कपूरमा गत २६, २७ अनि २८ दिसम्बरमा खड्कपूर युवा कराते एकाडेमीद्वारा आयोजित २४औँ वर्ष राष्ट्रिय जापान केन्यूरू खुल्ला कराते च्याम्पियनसिपमा कुमुते फाइटमा स्वर्ण अनि कातामा काँस्य पदक सहित बेस्ट फाइटरको उपाधि जितेर आएकी खरसाङ लोवर डुमाराम बस्ती निवासी बिदिशा राउत छेत्रीले आफ्नो जितप्रति हर्ष प्रकट गरेकी छन्। तिनले प्रतिस्पर्धा निक्कै कडा रहेको जनाउँदै यद्यपि आफ्नो लगनशीलता अनि परिश्रमले यो सफलता हासिल गर्न सकिएको जनाइन्। कञ्चनजङ्घा सितोरियो कराते डो एसोसिएशनको पक्षबाट गएकी बिदिशाले तिनका अन्य साथीहरू लगायत भाई बहिनीहरूलाई पनि खेलप्रति अग्रसित भएर आउने आग्रह गरेकी छन्।