गाजोलडोबा क्षेत्रमा घुम्न आउने पर्यटकहरू आगन्तुक पंक्षीहरु हेर्न घुइँचो

900x500_1920_GajoldobaGuide_2 (1)

गाजोलडोबा: चिसोको आगमनसँगै गाजोलडोबामा आगन्तुक पक्षीहरू आउने क्रम सुरु भएको छ। नौकाविहार गर्दै यी पक्षीहरूलाई हेरेर घुम्न आउने पर्यटकहरू रमाउने गरेका देखिन्छन्। यसले माझीहरूको अनुहारमा पनि खुशी ल्याएको छ। चिसोको सुरुवातसँगै राजगञ्जको गाजोलडोबामा देश-विदेशका पक्षीहरू आउने गर्छन्। गाजोलडोबाको टिस्टा बाँधमा पनि पक्षीहरूको थुप्रै प्रजातिहरु पहिल्यै नै आएका हुन। साँझ पख घुम्नका लागि राज्यको प्रमुख पर्यटन स्थल ‘भोरेर आलोर’ छेउमा स्थित छ। विशेषगरी, चिसो मौसममा बाहिरबाट त्यहाँ आईपुगेका पक्षीहरूको उपस्थितिले ‘भोरेर आलोर’लाई थप आकर्षकको केन्द्र बनाएको छ। यी आगन्तुक पक्षीहरू दक्षिण अफ्रिका, साइबेरिया र अन्य देशहरूबाट आएका हुन्। प्रत्येक वर्ष चिसोको मौसममा धेरै संख्यामा पर्यटकहरू बाहिरबाट आईपुगेका पक्षीहरूलाई हेर्न आउने पर्यटकहरुको आउने क्रम हवातै बढ़ेको छ। पर्यटकहरूले नौकाविहारको माध्यमबाट पक्षीहरूको अवलोकन गर्न सक्छन्। पक्षीहरूको पहिचान गर्न गायडको रूपमा माझीहरूले काम गर्छन्।
माझीहरूका भनाई अनुसार चिसोको सुरुवातसँगै धेरै प्रजातिका पक्षीहरू बाहिरबाट गाजोलडोबामा आउन थालेका छन्। पर्यटकहरू नौकाविहारको माध्यमबाट ती पक्षीहरूलाई देखेर रमाउने गर्छन्। चिसो मौसममा पक्षीहरूको आवत-जावत बढ्दा पर्यटकहरूको भीड पनि बढ्दै जान्छ। यद्यपि, प्राकृतिक प्रकोपहरूको कारण केही वर्षहरूको तुलना गर्दा पक्षीहरूको संख्या घटेको छ। तर अब विस्तारै पक्षीहरूको आगमन बढ्दै गइरहेको छ। चिसो मौसममा पर्यटकहरूको संख्या बढ्नाले हामीलाई केही अतिरिक्त आम्दानी पनि गराइदिन्छ भन्ने तिनीहरूको भनाई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement