खरसाङ: बन्सल कम्पनी अधीनस्थ रहेको दशवटा चियाबारीहरू बन्द अवस्थामा रहेको विषयमा बोल्दै खरसाङको रिम्पोर्छे पेम्बा लामाले बन्सल कम्पनीको लिज खारेज गरेर मलाई जिम्मावारी दिए म श्रमिकहरूको रहल चर्च सबै भुक्तान गरिदिनेछु भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले बन्सल कम्पनीको लिज खारेज गरेर दशैं अघि एक दिनको पनि समय दिए बन्द रहेको दशवटा चियाबारीहरूका रहल खर्च आफ्नोबाट भुक्तान गरिदिने बताएका छन्। उनले यसको लागि बन्सल कम्पनीको लिज खारेज गरेर मलाई चलाउनु दिए म सबै रहल खर्च भुक्तान गरिदिने बताएका छन्। खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै पेम्बा रिम्पोर्छेले भने- ‘बन्द रहेको चियाबारीहरूको श्रमिकहरूको दु:ख देखेर म श्रमिकहरूको हितको लागि अघि आउन खोजेको छु र मलाई बगान चलाउन दिए म रहल खर्च भुक्तान गर्नेछु। श्रमिकहरूको बोनस, रहर ग्राजुएटी र पीएफ होइन तर रहर खर्च सबै भुक्तान गर्न तयार छु। यदि बन्सल कम्पनीको लिज खारेज गरेर सफा गरेर मलाई जिम्मावरी दिनुपर्छ।”
पेम्बा रिम्पोर्छेले अझ भने, दार्जिलिङको श्रमिकहरूले थाल ठट्टाउनु पर्ने स्थिति आएको छ जुन लादमर्दो रहेको छ। राजनैतिक पार्टीहरूले फूलपाती शोभायात्रा आयोजना गर्नु, तीज मनाउनु भन्दा बरु श्रमिकहरूको अवस्था देखेर कार्य गर्नु आवश्यक छ।’
पेम्बा रिम्पोर्छेले श्रमिकहरूको अवस्था देखेर सरकारलाई आफ्नो कानुनी सल्लाहकारको सहयोगमा आज पत्रचार गर्ने पनि जानकारी गराएका छन्। उनले श्रमिकहरूको अवस्था विषयमा राज्य सरकार र केन्द्र सरकारले पनि न्याय गरिदिन्छ भन्ने आशा राखेको बताउँदै आफुले बगान चलाउनु पाए खर्च भुक्तान गरिदिने अनि यदि नपाए पनि बन्द श्रमिकहरूको सहयोगको लागि दशवटा चिया बगानहरूमा आएर सहयोग गर्ने वचन दिएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै पेम्बा रिम्पोर्छेले भने, “श्रमिकहरूको यस्तो देखेर राजनैतिक दलका नेताहरूले के हेरेर बसेको छ? म पहाड़को छोरा भएकोले अनि एकजना श्रमिकको पुत्र भएकोले श्रमिकहरूको माया लागेर आउँछ अनि म श्रमिकहरूको पक्षमा उँभिन तयार छु। श्रमिकहरूलाई म भन्न चाहान्छु कि म तपाईहरूको साथमा छु, तपाईहरूको पक्षमा छु।”










