तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: मोरङ नेपाललाई हराउँदै युकेएफसी सेमी फाइनलमा प्रवेश

IMG-20241231-WA0284

खरसाङ: तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा मोरङ नेपाललाई पराजित गर्दै युकेएफसी खरसाङ सेमी फाइनलमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको अन्तिम क्वाटर फाइनल खेल आज सुन्दर हराईचा मोरङ नेपाल र युकेएफसी खरसाङमाझ सम्पन्न भएको छ।‌ यस खेल शुरु भएको छैटौं मिनटमा नै नेपालको जर्सी नम्बर ५ विशाल भण्डारीले गोल गरेर बढत बनाएका थिए। पहिलो हाफको खेल १-० मा समाप्त भएको थियो‌‌ पहिलो हाफको खेलमा नेपालले सुन्दर खेल प्रदर्शन गरेका थिए। तीनधारेको मिठाईडाँडा खेल मैदानमा आज नेपालको खेल हेर्नलाई रेकर्ड दर्शकहरुको उपस्थिति रहेको थियो। दर्शकहरुको अपार माया पाएको नेपालले पनि पहिलो हाफको खेलमा‌ छोटो पास गर्दै आकर्षक खेल देखाएका थिए भने धेरैपल्ट गोल गर्ने मौकालाई गोललाई परिणत गर्नु सकेन। दोस्रो हाफको खेलमा भने युकेएफसीले लगातार आक्रमण गरिरहे। यस क्रममा युकेएफसीको जर्सी नम्बर ६ बीरेन प्रधानले सुन्दर गोल गरेर खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफको खेलमा युकेएफसीले लगातार रुपमा विपक्षी दलको गोल पोष्टमा आक्रमण गरिरह्यो अनि खेल समाप्त हुन केवल दुई मिनटको समयमा युकेएफसीको जर्सी नम्बर ६ बीरेन प्रधानले आफ्नोे साथै टिमको लागि दोस्रो गोल गरेका थिए। यसरी यो खेलमा युकेएफसी २-१ को अन्तरले विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच युकेएफसीको तर्फबाट दुई गोल गर्ने बीरेन प्रधान चयन भएका छन्।‌ अब सेमी फाइनलमा युकेएफसीको भीडन्त युनाईटेड एफसी दार्जीलिङमाझ हुने भएको छ‌। आजको खेलमा मुख्य अतिथिको रुपमा विकास तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा सुमन लोहार र अन्य उपस्थित रहेका थिए। आजको खेलमा नेपालले आफ्नोे राष्ट्रिय झण्डाको साथमा मैदान प्रवेश गरेका थिए भने तीनधारेको मिठाईडाँडा खेल मैदानमा सम्भवतः प्रथमपटक भारत र नेपालको राष्ट्रिय गीत बजेको थियो। नेपालले दर्शकहरुबाट अपार साथ पाए पनि खेल भने जित्न सकेन। नेपालको तर्फबाट केही राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए भने युकेएफसीको तर्फबाट जीटीए ईलेभेनमा खेल्ने तीनजना खेलाडीहरु क्रमैले गोल स्कोरर बीरन प्रधान, सदिश राई र आकाश प्रधान रहेका थिए।

आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले आजको खेलमा युकेएफसी खरसाङले सुन्दर हराईचा मोरङ नेपाललाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको बताएका छन्।‌ अब आगामी ५ जनवरीमा युकेएफसीको भीडन्त युनाईटेड एफसी दार्जीलिङसित हुनेछ भने आगामी ४ जनवरीमा हुने पहिलो सेमी फाइनल खेल ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढी र जर्जियन एफसी कालेबुङमाझ हुने भएको जानकारी गराएका छन्‌ उनले बताए अनुसार तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १० जनवरीको दिन सम्पन्न हुने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement