इम्फाल वेस्टमा खोजी अभियानमा हतियार र गोला-बारूद जफत

Arms-and-Ammunition

इम्फाल(मणिपुर): मणिपुरमा सुरक्षाबलहरूद्वारा पहाड़ी र घाटीका जिल्लाहरूको संवेदनशील क्षेत्रहरूमा सघन अभियान चलाइएका छन्। अभियानमा इम्फाल वेस्ट जिल्लाको सगैशबी रोड (कोंचक यांगी रोड) बाट ठूलो संख्यामा हतियार र गोला-बारूद बरामद गरिएको छ।
मंगलवार दिइएको जानकारी अनुसार अभियानमा बरामद गरिएका हातहतियारहरूमा ९ एमएमका दुई पेस्तोल, दुई म्याग्जिन, एक कार्बाइन, एक .३०३ राइफल (स्नाइपरको रूपमा मोडिफाइड) को साथ स्कोप साइट, तीन सिंगल बैरल गन, १२ राउण्ड ९ एमएमको कारतूस, दुई सिंगल बैरल गनको कारतूस, चार ह्याण्ड ग्रेनेड, एक बाओफेङ वायरलेस सेट र एक स्मोक ग्रेनेड रहेका छन्।
सुरक्षा बलहरूले यस अभियानलाई सो क्षेत्रमा शान्ति र स्थिरता बनाइ राख्ने उद्देश्यले चलाइएको हो। राज्यमा बिगत लामो समयदेखि दिनहुँ जसो अलग-अलग स्थानहरूबाट हतियारहरू र गोला-बारूद बरामद गरिने क्रम जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement