पूर्वी बाइपास नजिकै ठाकुरनगर क्षेत्रमा सडक दुर्घटना, गाडी पर्खाल भत्काएर घरभित्र पस्यो

IMG-20241231-WA0135

सिलगढी: सिलगढी पूर्वी बाइपास नजिकै ठाकुरनगर क्षेत्रमा सोमबार राति एक चार पाङ्ग्रे गाडी दुर्घटनामा परेको छ। गाडी अनियन्त्रित भई पर्खाल तोडेर एउटा घरमा पसेको थियो। यो घटनापछि उक्त क्षेत्रमा सनसनी फैलिएको छ।
गएराति चारपाङ्ग्रे गाडी असिघर मोडबाट गोरा मोडतर्फ जाँदै गरेको बताइएको छ। त्यसपछि ठाकुरनगर क्षेत्रमा चारपाङ्ग्रे गाडीलाई ओभरटेक गर्न एउटा लरी गएको थियो। लरीसँग ठोक्किएपछि चारपाङ्ग्रे गाडी अनियन्त्रित भई पर्खाल तोडेर एउटा घरमा पसेको थियो। सो दुर्घटनामा मोटरसाइकल चालकसहित गाडीमा सवार तीन जना सामान्य घाइते भएका छन्।

दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। ट्राफिक बत्ती नहुँदा लगातार दुर्घटना भईरहेको स्थानीयको गुनासो छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement