रेलिंग च्याम्पियन्स ट्रफीः चाइल्डहुड फूटबल क्लबको एकतर्फी जीत

IMG-20241231-WA0261

रेलिंग: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजन मंगलवारदेखि शुरु भयो। आज भएको उद्घाटन म्याचमा चाइल्डहुड फूटबल क्लबले संकटा फूटबल क्लब (दार्जीलिङ) विरुद्ध ४-१-ले एकतर्फी जीत हासिल गऱ्यो। विजेता टीमबाट गणेश छेत्रीले ह्याट्रिक गरे। उनले १५औं, १८औं र ५४औं मिनटमा गोल गरे। अन्य एउटा गोल सपन खवासले ४८औं मिनटमा गरे। यसरी संकटा फूटबल क्लबबाट किस्मत तामाङले १९औं मिनटमा १ गोल गरे। गणेश छेत्रीले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement