नयाँ वर्षलाई स्वागत जनाउँन दार्जीलिङमा पर्यटकहरूकाे भीड

IMG-20241231-WA0243

दार्जीलिङ: चालू वर्षलाई बिदाइ गर्न र नयाँ अंग्रेजी वर्षलाई स्वागत गर्न पर्यटक दार्जीलिङ आउने गरेका छन्। यस वर्ष पनि नयाँ वर्षलाई स्वागत गर्न पहाडमा पर्यटकको भीड लागेको छ। बिहानैदेखि सफा आकाशका कारण दार्जीलिङको बतासे लुपबाट कञ्चनजङ्घाको दृश्य देखेर पर्यटकहरु हर्षित भएका छन्।

अहिले दार्जीलिङ पर्यटकहरूले खचाखच भरिएको छ। दार्जीलिङको जिरो प्वाइन्टमा आज बिहानैदेखि पर्यटकको भीड लागेको छ। कञ्चनजङ्घा घुम्नका लागि बतासे लुपमा बिहानैदेखि पर्यटकको भीड लागेको छ। यसबाहेक टोय ट्रेन जोय राइडको मजा लिने पर्यटकको भीड लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement