सिलगढी: सिलगढीका मेयर गौतम देवले सिलगढीका जनतालाई नागरिक सेवा प्रदान गर्न असफल भएको आरोप लगाउँदै भाजपा नेताहरू र काउन्सिलरहरूले आज ठूलो विरोध प्रदर्शन गरे। नगरवासीलाई अत्यावश्यक सेवा उपलब्ध गराउन नसकेको भन्दै मेयर गौतम देवको राजीनामाको माग पनि गरे। आज भाजपा काउन्सिलरहरूले सिलगढीको बाघजातिन पार्कको छेउमा रहेको इलाकाबाट विरोध जुलुस निकालेर सिलगढी नगरपालिका अगाडि विरोध प्रदर्शन गरे। यस विरोध कार्यक्रममा सिलगढीका विधायक शंकर घोष, डबग्राम फुलबारी विधानसभा क्षेत्रकी विधायक शिखा च्याटर्जी र भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू सहभागी थिए। सिलगढी नगरनिगमको अगाडि भाजपाले ठूलो विरोध प्रदर्शन गर्यो।