जलपाईगढी: उत्तर बंगालको जलपाईगढी आज बिहान कुहिरोले ढाकेको छ। वर्षको अन्त्यमा उत्तर बंगालको जलपाईगढी जिल्लामा जाडोको भारी प्रभाव देखिएको छ। मौसम विभागको पूर्वानुमानअनुसार, उत्तर बङ्गालमा तापक्रम घट्दै गएको छ। सडकमा भिजिबिलिटी कम भएकाले बत्ती बालेर सवारीसाधन गुडिरहेका छन्। जाडोमा धेरै मानिसले आफ्नो शरीरलाई न्यानो बनाउन आगोको सहारा लिने गरेका छन्।