नेपाली आकाशमा ८ सय घण्टा उडान भरिसकेका झाँगड समुदायका एक्लो पहिलो पाईलट

IMG-20241231-WA0187

काठमाण्डू: मोरङको कटहरी ५ भौडाहाका २७ वर्षीय प्रमोद झाँगड (उराँव) नेपाली आकाशमा उडेको झण्डै ८ सय घण्टा पुग्यो। उनी बुध्दको जहाज लिएर नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगर, भैरहवा, सुर्खेत, जनकपुर, सिमरा, चन्द्रगढी, तुम्लिङटार लगायतका विमानस्थलमा यात्रु लिए जाने आउने गरिरहेका छन्। प्रमोद अल्पसंख्यक जातिमा सूचीकृत झाँगड (उराँव) समुदायबाट पाइलट बन्ने पहिलो व्यक्ति हुन्। छोरा पाइलट बनेर आकाशमा उडान गरिरहँदा बुबा विष्णु र आमा लालसरी अहिले पनि कुटो कोदालो र केती किसानीमा दैनिकी बिताइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement