लेटाङ: लेटाङ जेसीजको २२औं शाखा अधिवेशन सँगै वर्ष २०२५ का लागि छत्रकुमार निरौला सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
नवगठित कार्यसमितिमा कार्यकारी उपाध्यक्षका रूपमा अमृत कार्की र अम्बर ब. विश्वकर्मा चयन भएका छन्। उपाध्यक्षहरूमा रेहान शेख, शकुन्तला चौधरी, तेजुराम राई, र पवन दाहाल रहेका छन् भने सचिवको जिम्मेवारी अलिशा चौधरीले पाएकी छिन्।