काठमाण्डू: लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। तीन सत्ता अघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो। डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ।