दैलेख: दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ। चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्याँस रहेको संकेत देखिएको अधिकारीहरुले बताएका छन्।
चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य भएकोमा हालसम्म ३ हजार ९ सय ४८ मिटर खनिसकिएको छ र अहिलेसम्मका सबै सिम्प्टम (संकेत) हरु हेर्दाखेरि यहाँ प्राकृतिक ग्यास रहेको सकारात्मक संकेत देखिएको छ।अहिलेसम्म जमिन मुनि ग्याँस छ कि छैन भनेर पत्ता लगाउनका लागि मात्र काम भइरहेको छ। ग्याँस रहेको पुष्टि भइसकेपछि व्यापारिक दृष्टिले उपयुक्त छ कि छैन भनेर थप अध्ययन गरिने छ।