कप्तान भएको हुनाले मात्र रोहितले खेल्ने मौका पाएको इरफान पठानको दावी

IMG-20241231-WA0166

नयाँ दिल्ली: भारतका पूर्व अलराउण्ड खेलाड़ी इरफान पठानले लामो समयदेखि जारी खराब फर्मबीच भारतीय कप्तान रोहित शर्माको टेस्ट टीममा स्थानलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। मेलबर्न क्रिकेट ग्राउण्डमा अष्ट्रेलियाविरुद्ध सम्पन्न बक्सिंग डे टेस्ट म्याचमा भारतले १८४ रनले हारको सामना गर्नु पऱ्यो। यसैकारण पठानले रोहितलाई अन्तिम एकादशमा सामेल गर्ने श्रेय ब्याटको साथ उनको प्रदर्शनभन्दा अधिक कप्तानको रूपमा उनको भूमिकालाई जाने बताए। उल्लेखनीय छ, बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजमा ब्याटको साथ निरन्तर खराब प्रदर्शनले गर्दा रोहितको भविष्यमाथि बहस शुरु भएको छ। अष्ट्रेलियाविरुद्ध भारतको निराशाजनक अभियानमा रोहितको खराब ब्याटिंग एउटा महत्त्वपूर्ण कारक रह्यो। जारी सीरीजको ५ वटा ईनिंग्समा ३७ वर्षीय भारतीय कप्तानले ६.२०-को औसतले केवल ३१ रन बनाएका छन्, जसमा दुईवटा शून्य पनि सामेल छ। यो भारतको निम्ति अष्ट्रेलियामा टेस्ट क्रिकेट इतिहासमा शीर्ष ६-मा खेल्ने ब्याटरहरूका दोस्रो सबैभन्दा खराब सीरीज औसत हो। अष्ट्रेलियाई बलिंग आक्रमणविरुद्ध रोहितको ब्याटिंगमा फर्मको कमी स्पष्ट देखिएको छ। रोहितले चौथो टेस्ट म्याचको दोस्रो ईनिंग्समा पनि ४० बलको सामना गरे अनि अष्ट्रेलियाई कप्तान प्याट कमिन्सको शिकार बन्न अघि केवल ९ रन बनाए।
पठानले भने, यस खेलाड़ीले लगभग २०,००० अन्तर्राष्ट्रिय रन बनाएका छन् तर पनि उनी संघर्ष गरिरहेका छन्। अहिले त उनी फर्ममा नरहेको स्पष्ट देखिँदैछ। अहिले त उनी टीमको कप्तान हुन् भनेर मात्र खेलिरहेका छन्। टीमको कप्तान नभएको भए उनी शायद मैदानमा हुने थिएनन्। तपाईंसँग एउटा सेट टीम हुने थियो। केएल राहुल शीर्षमा जयसवालसँग खेलिरहेका हुने थिए। शुभमन गिल त्यहाँ रहने थिए। अहिले वास्तविकताको कुरा गर्नु हो भने ब्याटको साथ प्रदर्शनलाई ध्यानमा राखेर रोहित त अन्तिम एकादशमा नै रहने थिएनन् तर टीमका कप्तान हुन् भनेर खेलिरहेका छन्।
पठानको भनाइअनुसार, रोहित कप्तान नभएको भए भारतसँग शीर्ष क्रममा राहुल, जयसवाल र गिल जस्ता लयमा रहने खेलाड़ीहरूलाई खेलाउने विकल्प रहने थियो। उनले भने, एकजना कप्तानको रूपमा रोहित सीरीज ड्र गर्न अघिल्लो म्याच जित्न चाहन्छन् तर उनको फर्म खराब छ। यहाँसम्म कि अष्ट्रेलिया आउन अघि उनले भारतमा पनि रन बनाएका थिएनन्। देश बद्लिए पनि उनको फर्म त्यही रह्यो। अहिले रोहितले ब्याटिंग गरिरहेको देख्दा दुःख लाग्छ। टेस्ट होस् या वनडे क्रिकेट, रोहितको मानसिकता र शरीरमा समन्वय पटक्कै देखिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement